५ मंसिर २०८१ बुधबार
काठमाडौं : सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ताको रकम लुटिएको भन्दै उनीहरूले बुधबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरले सरकारले आफूहरूसँग यसअघि गरेको सहमति कार्यान्वयन गर्न समेत माग गरेका छन् ।
सहकारी पीडितहरूको निर्णायक आन्दोलन भन्दै आयोजना गरेको प्रदर्शनका सहभागीहरूले पीडितहरूको बचत फिर्ता सुनिश्चित गर, सहकारीको हालको ऐन खारेज गर, सहकारी समस्या छिटो समाधान गर लगायतका प्लेकाड प्रदर्शन गरेका थिए ।