बुधबार, मंसिर ५, २०८१
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध आज चितवनमा पनि जाहेरी परेको छ।
चितवनमा रहेको साहारा सहकारी ठगी प्रकरणमा लामिछाने सहित १० जना विरुद्ध जाहेरी परेको चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।
ुउनीलगायत १० जनाविरुद्ध जाहेरी परेको छ, अहिले जाहेरीका विषयमा अध्ययन गरिरहेका छौँ, केसीले भने। यो सँगै उनीविरुद्ध परेको जाहेरी ४ वटा पुगेको छ।
चितवनमा रहेको साहारा सहकारी ठगीको मुद्दा अदालत पुगिकेको छ। गत असोजमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। यसपटक पुरक जाहेरीमा लामिछानेसहितका १० जनाको नाम किटान गरिएको छ।
उक्त सहकारीका ३१९ बचतकर्ताको ३७ करोडभन्दा बढी रकम हिनामिना भएको भन्दै निवेदन दिएका थिए।