नेपालगंज-बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।
त्यसै गरि पश्चिम नेपालको प्रसिद्द शक्तिपीठ बागेश्वरी मन्दिरमा पनि फूलपाती भित्राईएको छ
आज बागेश्वरी मन्दिरमा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी,सशस्त्र प्रहरीका प्रमुख,नेपाली सेना लगायतको उपस्तिथी समेत थिय। फूलपाती भित्रीए संगै भक्तजन लगायत आम सर्वसाधारण हरुका लागि दर्शन खुल्ला गरिएको छ।