०५ पुस २०८१,शुक्रबार
दाङ।दाङमा शुक्रबार भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन ।तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा १ ख ८१६ को बसले बिपरित दिशाबाट आँउदै गरेको रा ५ प ६६५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा चालक घोराही १० निवासी ४४ वर्षका दिलिप केसीको ज्यान गएको हो ।घोराही–तुलसीपुर सडकखण्डमा पर्ने घोराही–१० गुर्जेखोला पुल नजिकै दिउँसो साढे १ बजेको समयमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो ।दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक केसीको स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनामा परी बसमा सवार रहेका दाङको राप्ती गाउँपालिका–५ बस्ने ३१ बर्षीय प्रेम सुबेदी, तुलसीपुर–१७ बेलझुण्डीका ४५ बर्षीया देवा बिक,तुलसीपुर–१६ की ५४ बर्षीया सिता कुमारी अधिकारी,घोराही–५ बस्ने २४ बर्षीया साबित्रा बस्नेत, घोराही–३ बस्ने ३४ बर्षीय रामसिंह चौधरी, घोराही–१२ बस्ने ३७ बर्षीय नर बहादुर वली, घोराही–९ बस्ने २२ बर्षीया सिता बिश्वकर्मा र घोारही–१५ बस्ने २४ बर्षीय दिप परियार,रोल्पाको त्रिबेणी गाउँपालिका–४ का २८ बर्षीय बीर बहादुर डाँगी, तुलसीपु–१९ बस्ने ३८ बर्षीया तुलसा खड्का, घोराही–९ बस्ने ६० बर्षीय बल बहादुर डाँगी घाइते भएका छन ।घाइतेहरुको स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। बस चालक घोराही–१८ फर्सेखालीका ५३ बर्षीय गोपाल बिकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसै बीच शुक्रबार नै दाङको तुलसीपुरमा स्कुटर दुर्घटना हुदा आमाछोरा घाइते भएका छन्।घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निवासी ४० बर्षीया माया भण्डारी र स्कुटर उनका छोरा १८ बर्षीय अनुराग भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
तुलसीपुरबाट सल्यानतर्फ जादै गरेका लु.प्र ०२–००१ ७३६२ नम्बरको स्कुटी तुलसीपुर–३ सिरखोला नजिकै अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका आमाछोरालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ ।
