
बॉंके:-खजुरा गाउँपालिकामा लागु औषध दुव्र्यसनी रोकथाम सम्बन्धि जनचेतनामुलक कार्यक्रम सुरु भएको छ । ‘स्वास्थ्य रोजौं लागुपदार्थ होइन’ भन्ने मुलनार सहित खजुरा गाउँपालिकाको जेनिथ स्कुलबाट कार्यक्रम सुरु भएको हो । खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा सुरु भएको कार्यक्रम खजुरामा रहेका २० भन्दाबढी विद्यालयमा चल्ने खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनालले बताए ।
कार्यक्रम अन्तर्गत हरेक विद्यालयमा करिब एक सय
जना विद्यार्थीलाई लागु औषध दुव्र्यसनी रोकथामका बारेमा सन्देश, सुचना र जनचेतना मुलक कृयाकलाप गरिने खनालले बताए ।
कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान)ले विद्यालय स्तरबाटै सचेतना जगाउन सकेमा लागू औषधको प्रयोगबाट युवाहरुलाई जोगाउन सकिने र त्यसका लागि अभिभावकहरुले आफ्ना छोराछोरीहरुप्रति निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो । अहिलेका युवाहरुलाई लागू औषधबाट जोगाउनका लागि चुनौती रहेको भन्दै यसका लागि समुदायसँग सहकार्य गरिने बताउदै
खजुरा गाउँपालिकाले लागुपदार्थ दुर्व्यसन न्युनिकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भएको हो ।उक्त कार्यक्रममा खजुरा गाउँपालिका बिभिन्न वडाका जनप्रतिनिधि, नागरीकसमाज,शिक्षक ,बिद्यार्थी ,नेपाल प्रहरी लगायतको सहभागिता थियो ।