१४ पौष २०८१ आइतबार
दाङ ।दाङमा माछा मार्ने क्रममा एक महिलाको ज्यान गएको छ।गढवा गाउँपालिका वडा नं.६ की ६६ वर्षीय ढोर्री कुमालको प्रनाह खोलाको कल्भर्ट भित्र छिरेर माछा मार्ने क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए ।
आइतबार साढे ४ बजेको सयममा कुमाल गढवा कालाकाटे सडकखण्डको प्रनाहा कल्भर्ट भित्र माछा मार्न पसेकी थिइन।कल्भर्टभित्र अक्सिजनको कमी हुँदा निसास्सिएर पानीमा पर्दा उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।