
काठमाडौं, पुस १८ । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । उनी १३ वर्षका सचिन एक साता अघि अस्पताल भर्ना भएका थिए ।
‘के छ हजुर’ भनेर सामाजिक सञ्जालमा भाइरल बनेका उनी सानैदेखि शारीरिकरूपमा कमजोर थिए । सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोग माग गरेको थियो । उपचारका लागि सहयोग रकम पनि संकलन भएको थियो । तर उनका बुबा तेजेन्द्र परियारलाई संकलन भएको रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।
सचिनले गाएका गीतहरू सामाजिक सञ्जालमा भाइरल छन् ।