
दाङ । जिल्ला प्रहरी दाङ प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले सहायक हवल्दारमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रहरी प्रधान कार्यालयको पुस १८ गतेको निर्णय अनुसार जनपद प्रहरी समूह तर्फका जवानबाट सहायक हवल्दारमा बढुवा भएका तथा पदस्थापन भएका सहायक हवल्दारहरुकाई एसपी तिमिल्सिनाले आज दर्ज्यानी चिह्न प्रदान गरेका हुन ।
१२ जना सहायक हवल्दारलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै एसपी तिमिल्सिनाले बढुवा भएका सहायक हवल्दारहरुलाई संगठनले दिएको कार्यलाई इमानदारीसाथ सम्पन्न गर्न निर्देशन दिएका थिए।
साथै उनले प्रहरीभित्र अनुशासित भएर काम गर्न सबैलाई निर्देशन दिएका हुन् ।