२० पौष २०८१ शनिबार
दाङ ।दाङमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका–१२ टरीगाँउ स्थित जंगलमा किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो।
पिडित किशोरीले दिएको जाहेरीका आधारमा उनिहरुलाई शनिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक विनोदराज खत्रीले जानकारी दिए।किशोरी माथि गत पुस १३ गते जवरजस्ती करणी भएको प्रहरीले जनाएको छ ।
आरोपीहरुले पीडित बालिकालाई ललाई फकाई स्कुटीमा बसालेर टरिगाँउ फुटबल मैदानको अगाडि लगेर करणी गरेको बताइएको छ।आरोपी मध्येका एक जनाले मैदानको नजिकैको जंगलमा लगेर जबरजस्ती किशोरी माथि करणी गरेको थिए भने अन्य तीन जनाले करणीमा सहयोग गरेका थिए।जबरजस्ती करणीमा संलग्न अर्का एकजना फरार रहेको र उनको खोजी भई रहेको प्रहरीले बताएको छ ।घटनाका विषयमा थप अनुसन्धान भइरहको छ ।प्रक्राउ पर्नेको नाम भने प्रहरीले गोप्य राखेको छ।