माघ ४,२०८१ शुक्रबार
दाङ ।दाङको तुलसीपुरमा एक बालिकामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ निवासी १७ बर्षीया रश्मी खत्रीलाई एक समूहले कुटपिट गरेको हो ।
फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा आफूमाथि कुटपिट भएको खत्रीले बताईन।बालिका खत्रीका अनुसार तुलसीपुर ७ प्रसेनी निवासी सोनु नाम गरेकी केटीले बजार बोलाएर ५/६ जनाको समूहले आफूमाथि कुटपिट गरेको बताईन।सामाजिक सञ्जाल फेसबुकमा पहिले नै सानुसंग चिनजान भएको र बिहिबार दिउँसो करिब २ बजेको समयमा तुलसीपुरको ‘ग’ लाइनमा भेट्न बोलाएर उक्त समूहले आफूमाथि कुटपिट गरेको उनले बताईन।
तुलसीपुर १८ विजौरीकी रितु मगर, सोही ठाउँकी सुमी क्षेत्री र तुलसीपुर ५ बसपार्क निवासी दिपा मगर सहितको समूहले खत्रीमाथि एक्कासी कुटपिट गरेको बताईएको छ।खत्रीको उनिहरुसंग सामाजिक सञ्जालमा पहिलेदेखि नै चिनजान रहेको थियो ।खत्रीको स्तन र गुप्तांगमा चोट लागेको छ।ज्यान मार्ने धम्कि दिंदै आफूलाई फिल्मी शैलीमा कुटपिट गरेको उनले बताईन।तुलसीपुरको ग लाइनमा कुटपिट गरेपछि खत्रीलाई अटो रिक्सामा राखेर बसपार्क स्थित दीपाको घरमा लगेर उनलाई पुनः कुटपिट गरिएको थियो ।त्यसपश्चात खत्रीलाई विजौरी रितु र सुमीको घरमा लगेर समेत कुटपिट गरिएको थियो ।
खत्रीलाई विजौरीमा पुगेपछि अन्य दुई जना केटाहरुलाई बोलाएर कुट्न लगाईएको थियो।आफूमाथि करिब ४ घण्टासम्म कुटपिट भएको पीडित बालिकाले बताईन।साँझ पौने ७ बजेतिर उक्त समूहले घरमा ९७६९२७३८३९ फोन गरेर छोरी आफूहरुसंग रहेको भनि खबर गरेपछि प्रहरीले ती बालिकालाई विजौरीबाट उद्धार गरेको थियो ।उद्दार पछि बालिकाको स्वास्थ्य जाँच गर्दा दाँया खुट्टाको बुढी औलामा, ओठमा, छातिमा, स्तन, गुप्तांग लगायतमा चोट लागेको रिपोर्ट आएको परिवारले बताएको छ। प्रहरीले भने घटनामा संलग्नलाई अझै पक्राउन गर्न सकेको छैन।
पीडित पक्षले अहिले कुटपिट गर्नेहरुलाई किटानी जाहेरी दिने तयारी गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले पनि कुटपिट भएको कुरा पुष्टि गरेको छ।घटनाका विषयमा बुझ्न पीडितका परिवारलाई बोलाइएको र घटनाको जाँचबुझ पश्चात अन्य प्रक्रिया अघि बढाईने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद राज खत्रीले बताए ।