बाँके । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको लोकप्रियता गत निर्वाचन भन्दा अझ बढदै गएको स्थानीय हरुले बताउछ्न ।
गत निर्वाचनमा जसपा पार्टी बाट प्रतिनिधि सभा सदस्यको चुनाव एक्लै लडेर जितेका राई पहिलाको निर्वाचन भन्दा अझ बलियो उम्मेदवारको रुपमा देखिएको स्थानिय हरुले बताए ।

राष्ट्रिय राजनीतिमा असर पार्न सक्ने नेताको रुपमा चिनिएका राई जसपा सरकारमा हुने बेला कुनै न कुनै मन्त्रालयको जिम्मेवारी पाउने गरेकाका कारण र मन्त्री भएपछि बाँकेकाे बिकास हुने भएको ले राई क्षेत्र नम्बर २ को हरेक समुदाय हरेक जातीको मनमा बस्न सफल भएका हुन ।
केपि ओलि को नेतृत्वको सरकारको बेला शहरी बिकास मन्त्रीको जिम्मा पाएका राई देश भरि उदाहरणीय काम गरेर चर्चा बटुल्न सफल भएका थिए । मन्त्री राईको कार्यकालमा नेपालगन्जले धेरै योजना हरु पाउन सफल भएको थियो भने अहिले गठबन्धनको सरकारमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको जिम्मा पाएका राई छोटाे समयमै धेरै बजेट बाँकेमा भित्र्याउन सफल भएका कारण मतदाताहरुको प्राथमिकतामा राई देखिएका छन । बाँँकेमा स्वर्गीय सुशील कोईराला पछिको नेपालगन्ज लाई समृद्ध बनाउने सपना बोकेर हिडेका राई लाई हामिले अत्याधिक मत दिई बिजयी गराउने र आउने दिनमा हाम्रो बाँँके राम्रो बाँँके बन्ने बिश्वासका साथ जात धर्म नहेरी राई लाई नै जिताउने स्थानीय हरु बताउछन ।

गठबन्धनमा पार्टीले सम्मान जनक सीट पाए गठबन्धन बाट चुनाव लडने नभए अर्को दल हरु सङ्ग तालमेल गरि चुनाव लडन सक्ने वा एक्लै पनि चुनावमा जान सक्ने राईले बताउनु भएको हो ।


