माघ ९,२०८१,बुधबार
दाङ।दाङको तुलसीपुर उपमहानगरपालिका –१२ मा एक व्यक्तिको घरमा आगलागी भएको छ।सोही वडाको कचिला जानकी टोलका गोल्ची चौधरीको घरमा बुधबार बिहान आगलागी भएको हो।विद्युतको तार सर्ट हुँदा घरमा आगलागि भएके वडाध्यक्ष खुशीराम चौधरीले जानकारी दिए।आगलागिबाट घरमा भएको नगद एक लाख बढी रुपैंया,लत्ता कपडा र जीन्सी सामान जल्दा करिब चार लाख बढीको क्षति भएको वडाध्यक्ष चौधरीले बताए ।
विहान ७ बेजेतिर विद्युतको तार सर्ट भएर घरमा आगेको आगो स्थानिय,प्रहरी र दमकलको सहयोगमा नियन्त्रण आएको थियो।