बैशाख ११,२०८१ बहिबार
बुटवल । भारतको जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा परी मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको अन्त्येष्टि गरिएको छ ।
मंगलबार मारिएका सुदीपको बिहिबार रुपन्देहीको बुटवस्थित घर ल्याएर अन्त्येष्टि गरिएको हो ।बुटवल–११ कालिकानगरको मनकामना पथ घर भएका सुदीपको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म हवाई मार्गबाट ल्याइएको थियो । त्यहाँबाट एम्बुलेन्समार्फत् नेपाल–भारतको सीमा सुनौली हुँदै बुटवलसम्म ल्याइएको थियो ।
सुदीपलाई काका कपिलदेव न्यौपानेले दागबत्ती दिएका थिए । बुबा ध्रुव र आमाबीच सम्बन्ध बिच्छेद भएकाले बुबाको साटो काकाले सुदीपलाई दागबत्ती दिएका हुन ।
आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो ।