NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

ज्ञानेन्द्र शाहीको आग्रह,गृहमन्त्रीका समर्थकलाई सामाजिक बहिष्कार गरौ

नयाँसरोकर नयाँसरोकर
७ महिना अगाडि
राजनीति, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

२०८२ असार १४,शनिबार

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणका दोषीहरूलाई सामाजिक बहिष्कार गर्न आग्रह गरेका छन् ।

राप्रपाले भिजिट भिसा प्रकरणका दोषीहरूलाई संसद्मा बहिष्कार गरिरहेको भन्दै उनले आमनागरिकलाई पनि दोषी र दोषीका समर्थकहरूलाई चिया पसलदेखि विवाह समारोहसम्म सामाजिक बहिष्कार गर्न आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकबाट बाहिरिने क्रममा संसद् परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले भिजिट भिसा प्रकरणका दोषीहरूलाई सामाजिक रूपमा एक्ल्याउन सामाजिक बहिष्कार आवश्यक रहेकोमा जोड दिए ।

राप्रपाका प्रवक्तासमेत रहेका शाहीले भिजिट भिसा प्रकरणले देशको छविमा नकारात्मक असर पारेको भन्दै संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने पनि बताए । ‘हामीले संसद्भित्रबाट बहिष्कार गरिरहेका छौँ, अब तपाईंहरू आमजनताले चिया पसलदेखि विवाह समारोहसम्म उनीहरूलाई बहिष्कार गर्नुहोस्,’ शाहीले भने, ‘यसले गर्दा दोषीहरू र उनीहरूका समर्थकहरूलाई सामाजिक रूपमा एक्लो महसुस हुनेछ र यस्ता कार्यहरू भविष्यमा दोहोरिने छैनन् ।’

शाहीले भिजिट भिसाको दुरुपयोगले नेपाली युवा विदेशमा अलपत्र पर्ने र दुःख पाउने अवस्था आएको भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले दोषीहरूलाई कारबाही नभएसम्म आफ्नो पार्टीले संसद् र सडक दुवैबाट आवाज उठाइरहने प्रतिवद्धता व्यक्त गरे ।

राप्रपा गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको छ । शनिबारको संसद् बैठकमा पनि राप्रपाका सांसद रोशन कार्कीले गृहमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएकी थिइन् ।

‘गृहमन्त्रीज्यू तपाईंसँग नैतिकता छ भने राजीनामा गर्नुस् । र, छानबिनलाई सघाउ पुर्‍याउनुस्,’ उनले भनिन् ।

अघिल्लो पोस्ट

एसईई पूरक परीक्षाको तालिका सार्बजनिक

अर्को पोस्ट

एमाले ध्वस्त पार्ने सपना कसैले नदेखे हुन्छःअध्यक्ष ओली

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

एमाले ध्वस्त पार्ने सपना कसैले नदेखे हुन्छःअध्यक्ष ओली

अन्ततःपूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सक्रिय राजनीतिमा फर्किएको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!