
सिराहा। सशस्त्र प्रहरीले सिराहाको नवराजपुर गाउँपालिकाको तमसियाबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। नवराजपुर गाउँपालिका-३ स्थित तमसियामा खेतको परालको कुनिउमा लुकाई छिपाई राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
शनिबार राति करिब ८ बजे विशेष सूचनाको आधारमा डीएसपी नरेश कुमार खड्काको नेतृत्व रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म इनर्वाबाट सशस्त्र प्रहरी नायब निरीक्षक राम अयोध्या महतोको कमाण्डमा गएको ७ जनाको गस्ती टोली खटिएको थियो। खोजी कार्यका क्रममा परालको कुनिउमा लुकाइएको २ बोरा (४१ केजी ५०० ग्राम) गाँजा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजालाई आवश्यक कानुनी कारवाहीका लागि आज इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
