प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन नजिकिदै गर्दा नेपाल शिवसेनाका जिल्ला अध्यक्ष सुभम गुप्ता ले यसपालि मंसिर ४ गते हुने चुनावमा बाँके क्षेत्र न.२ मा दिवाकर खनाल र २(क) मा राजकुमार रोैनियारलाई शिवसेना बाँके लगायत सम्पुर्ण टिमले सहयोग गर्ने बताएका छन् ।
सामाजिक कार्यमा सकृय , खेलकुदमा अब्बल, व्यावसायिक र विभिन्न धार्मिक संगठन तथा क्लबहरुमा आबद्ध भई नेपालगन्जमा आफ्नै पहिचान बनाई रहेका गुप्ताले आफुसित हजारौं जनाको समर्थन र भोटिङ भएको बताए । आफू कुनैपनि राजनीति पार्टीमा नरहेको नभएको कारणले स्वतन्त्रलाई समर्थन गर्दै आएको र स्वतन्त्रमा पनि धेरै जनाले उम्मेदवारी दिएका छन्।
साथै आफुहरुले हिन्दु मुद्दा बोकेको हुदा खनाल र रैनियारले समेत सोहि एजेन्डा लाई अगाडी बढाएको हुँदा समर्थन गरिएको बताउनु भयो। धर्म-रक्षाका लागि कसैले पनि आवाज नउठाएको र एक स्वतन्त्रमा उठेकाले आफ्नो एजेन्डा हिन्दुत्व र हिन्दुराष्ट खोजिरहेको बेला आफुहरुले किन समर्थन नगर्ने भनी पुर्णरुपमा समर्थन गरेको बताएका छन ।