९ औं राष्ट्रिय खेलकुद अन्तर्गत लुम्बिनी प्रदेश रग्बी फाइनलमा प्रवेश गरेको छ
आज भएको सेमी फाइनल खेलमा लुम्बिनी प्रदेशले नेपाल आर्मी लाई पराजित गर्दै लुम्बिनी रग्बी फाइनलमा प्रवेश गरेको छ
फाइनलमा प्रवेश गरे संगै लुम्बिनी रग्बीलाई बधाई दिदै संघका अध्यक्ष नबिन थापाले रग्बी खेलको आकर्षण र यसको महत्त्व बारे थप काम गर्न प्रोत्साहन गरेको बताउनु भयो साथै खेलका कोच कृष्णा थापा लाई समेत खेल लाई यहाँ सम्म पुर्याएको योगदानको उच्च सम्मान गर्दै धन्यवाद व्यक्त गर्नु भएको छ
यसै गरि खेलाडी लाई बधाई दिदै रग्बी लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रविन कुमार पोरवालले खुशी व्यक्त गर्दै खेलाडी लाई बधाई शुभकामना व्यक्त गर्नुभएको छ साथै खेलाडीहरुको जितले मनोबल बढाउँनका निम्ति यसका लागि अझै सशक्त रुपमा योजना बनाई काम गर्न उर्जा थपेको जिकिर गर्नु भयो