नाम जस्तै काम छ नमुनाको, व्यस्था बदलिन देखि अवस्था परिवर्तनको लागि सधै निरन्तर खटिरहने नाम हो नमुनाको,जनता लाई नै आफ्नो परिवार मानेकी नमुना आफ्नो क्षेत्रको समुन्नत बिकासका लागि सदैव तत्पर देखिन्छिन २०७४ सालमा प्रदेश सभामा निर्वाचित भए संगै जनताको इच्छा चाहनालाई प्राथमिकतामा राखेर काम गरेको देखिन्छ ।
आसन्न मंगिर ४ गतेको निर्वाचनमा बाँके क्षेत्र न.१ प्रदेश सभा ‘क’मा नमुना केसी को पुन उम्मेदवारीले वहाँको चर्चा सुरु भैसकेको छ ।
बिगत ५ बर्ष सम्म कुनै लोभ लालच बिना जनताको घर दैलोमा नमुना पुगिरहेकी छिन भने सोहि रुपमा जनताले समेत नमुना लाई आशिर्वाद र स्नेहले हौसला प्रदान गरिरहेका छन् ।
बाँकेको बिकट मानिने राप्तिपारी क्षेत्रको शिक्षा स्वास्थ्य बाटोघाटो बिजुलीको बिकासका लागि नमुनाले खेलेको भूमिकाले नमुना प्रतिको जनविश्वास अझै बढेको मतदाता हरु बताउन्छन ।
मतदाता भन्छन: हामी लाई बिकास चाहिएको हो नमुना जी ले गर्नु भयो हामि पुन वहाँ लाई बिजयी बनाउनेछौ र राप्तोपारीको क्षेत्रको बिकास अझै तिब्र गतिमा बढाउँन मद्दत पुग्छ साथै बिश्वब्यापी रुपमा फैलिएको कोभीड १९ को महामारी लाई नियन्त्रण रोक्न गरेको कामले हामी नमुना प्रति आकर्षक भएछौ भनेर मतदाताहरु बताउन्छन ।
नमुना भन्छिन: म नेता होइन् जनताको छोरी हो मैले आफ्नो जिम्मेवारी बुझेको छु र मैले मेरो जीवन जनतामा नै समर्पित गरेको छु जनता मेरो परिवार हो परिवारको बिकास र जीवन लाइ सहज बनाउनको निम्ति नै मेरो उम्मेदवारि हो मेरो परिवारको निम्ति म सधै भरि लडिरहने छु र हरेक सुख दुखमा उनि हरुको साथमा उभिरहने छु र मलाई मेरो परिवार माथि पूर्ण बिश्वास छ ।