बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ ।
आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
“अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ”, उहाँले भन्नुभयो । प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेला हुने चोरी र सम्भावित अपराध तथा दुर्घटना रोक्न एकीकृत सुरक्षा योजना लागू गरिएको उल्लेख गर्दै त्यसका लागि प्रहरी परिचालन भएको बताउनुभयो । उहाँले ‘रातभर देउसी, भैलो खेल्दा सार्वजनिक शान्ति भङ्ग हुने खतरा हुनसक्ने भएकाले गम्भीर प्रकृतिका घटना हुनसक्ने भन्दै शान्तिसुरक्षा कायम गर्न देउसी, भैलोमा समय निर्धारण गरिएको उल्लेख गर्नुभयो ।