मंगसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेपालगंज उपमहानगरपालिका वडा न.९ मा चुनावी प्रचारप्रसार तथा सम्पर्क कार्यालय संचालनमा ल्याएको छ
आज नेपालगंज वडा न.९ मा आयोजित कार्यक्रममा बाँके क्षेत्र न.२ ख प्रदेश सभा सदस्यका उम्मेदवार अकल बहादुर बमले उद्घाटन गर्नुभएको छ
निर्वाचनलाई लक्षित गर्दै सहज र सरल तरिकाले चुनावी प्रचारप्रसारका लागि सम्पर्क कार्यालय उद्घाटन हो
कार्यक्रममा बोल्दै प्रदेश सभा समानुपातिक उम्मेदवार काली मियाँ कस्मिरा खातुनले मुस्लिम महिलाको अधिकार सुनिश्चितताका लागि तथा महिलाहरुको आर्थिक सबलीकरणका लागि माओवादी केन्द्र लाई मा भोट हाल्न आग्रह गर्नु भयो
कार्यालयको उद्घाटन गर्दै प्रदेश सभाका उम्मेदवार अकल बहादुर बमले माओवादीले ल्याएको राज्य व्यवस्था लाई संस्थागत तथा दिगोपनाका लागि माओवादी बाहेकको बिकल्प नरहेको जोड दिनुभयो
कार्यक्रममा माओवादी केन्द्रका नगर अध्यक्ष रत्न बहादुर शाही, क्षेत्र न.२ का प्रचारप्रसार बिभागका प्रमुख नबिन शर्मा,सदस्य प्रविन कुमार पोरवल लगायतको नेता कार्यकर्ताको उपस्थिति रहेको थियो