दाङ/ अरुण अनुरागी –मोटरसाइकलको ठक्करबाट देउखुरीमा २ जना गम्भिर घाइते भएका छन्। देउखुरीको राजपुर गाउँपालिका अन्तर्गत चंगुवामा रा३प ७०८६ नम्बरको मोटरसाइकलको ठक्करबाट राजपुर गाउँपालिका वडा नम्बर ५ का मोटरसाइकल चालक अन्दाजी २७ बर्षका अशोक चौधरीले ठक्कर दिंदा राजपुर गाउँपालिका वडा नम्बर ४ बस्ने १८ बर्षका सुन्दर चौधरी रहेको इलाका प्रहरी चौकी चंगुवाले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागी लमही रेफर गरिएको छ । ठक्कर दिने मोटरसाइकललाई भने इलाका प्रहरी चौकी चंगुवाले नियन्त्रण मा लिएको छ