अरुण कुमार नेपाली
दाङ २१ कात्तिक २०७९
२०७४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दलहरुले गरेको प्रतिबद्धता दंगीशरण गाऊपालिका वडा नं.६ का ७७ बर्षिय टेक बहादुर खत्रीले अझै बिर्सिएका छैनन् । त्यति बेला उम्मेदवारले उनका सामु धेरै बाचा गरेका थिए ।गाउँ
मा सडक निर्माण,पूर्ण सिचाइको व्यवस्था,स्वास्थ्य चौकीको स्तरोन्ती विद्यालय सुधारसम्मको आश्वासन दिए । उनले मतदान गरेका उम्मेदवार निर्वाचित पनि भए । तर चुनाव जितेर गएपछि उनीहरु गाउँमा फर्केर आएनन् । उनी भन्छन,’फेरी अर्को चुनाव आईसक्यो,पहिले जितेर गएकाहरुको केही नगरी कार्यकाल सक्किसक्यो यस्ताबाट के विकासको आश गर्नु ।
५ बर्षको अवधिमा गाउँमा विकासको परिवर्तन नहुँदा उनी चिन्तित छन् ।यस पटक पनि मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुदैछ । चुनावको मिति नजिकिदै गर्दा उम्मेदवारलाई भने भ्याइनभ्याइ छ । उनीहरु दिनहुँ प्रचार—प्रसारमा व्यस्त छन । फेरी चुनाव आयो,उम्मेदवारहरुले पुरानै विकास योजना सुनाएर आफूहरुलाई आश्वासन दिने गरेको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ की निर्मला नेपाली बताउछिन् ।
‘चुनावका बेला जहिले झुटा आश्वासन दिन्छन्,जितेर गएपछि काम केही गर्ने होइनन्,उनले भनिन,‘विकासका सामान्य आधारभूत आवश्यकता पूरा नभएको ठाउँमा किन ? ठूला—ठूला विकासका योजना सुनाउनु ।’ गाउँमा अहिले पनि सडक,सिचाइ,खानेपानी,शिक्षा,स्वाथ्य जस्ता सामान्य आधारभूत कुरा अझैसम्म परिपूर्ति हुन सकेको छैन ।उम्मेदवारहरुले चुनावी कार्यक्रमलाई गाउँ केन्द्रित गरिहँदा यहाँका मतदाता भने खासै उत्साहित देखिदैनन् ।
विगतका निर्वाचनमा दलहरुले गरेका प्रतिबद्धता पुरा नगरेकाले यस पटकको निर्वाचनमा कुनै उत्साह नजागेको तुलसीपुर १ का फर्साराम कडेल बताउछन् । ‘गाउँका समस्या जस्ताको त्यस्तै छन्,विकास कहिले हुने हो, उनले भने,अब पनि जितेर जाने उम्मेदवारले केही गर्छन जस्तो लाग्दैन।’ निर्वाचनको समयमा जनताको घर—घरमा पुग्ने उम्मेदवारहरु निर्वाचित पछि गाउँ नफर्कनु नेपाली राजनितिमा रोग नै बनेको छ । जसका कारण जनता निरास बन्ने गरेका छन् ।
विकास निर्माणको सवालमा जनताको गुनासो रहनु स्वभाविक भएको र यसलाई सबैले स्विकार गर्नु पर्छ दाङ् क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेद्वार रहनु भएकी नेकपा एमालेकी नेतृ कोमल वलीले बताईन । ‘उनले भनिन् आफ्नो क्षेत्र,ठाँउको विकासका सन्दर्भमा आम नागरीकमा गुनासो छ,’यसलाई अब आउने जनप्रतिनिधिले सम्बोधन गर्नु पर्छ ।’त्यसका लागी आफू सक्षम भएको भन्दै उनले आफ्नो पक्षमा मतदान गर्न आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई आग्रह समेत गरिन् ।
नेकपा एमालेको नेतृत्वमा मात्रै समृद्धि र विकास सम्भव भएको भन्दै उनले जनताको विकासको चाहना मंसिर ४ पछि आफ्नो पार्टीको नेतृत्वमा बन्ने सरकारले पुरा गर्ने दाबी गरिन । उता वाम—लोकतान्त्रिक गठबन्ध दाङ क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार दिपक गिरीले जनताको विकासको चाहनालाई ५ दलिय गठबन्धनले मात्र पुरा गर्ने दाबी गरे । ‘उनले भने,मुलुकको स्थायित्व र विकासका लागी हाम्रो जित अपरिहार्य छ,त्यसका लागी जनताले पाँच दलिय गठबन्धनलाई जिताउनुको विकल्प छैन्।
’क्षेत्र नं.३ अन्तर्गत पश्चिम दाङ्को विकासको सुत्रधार आफु भएको दाबी गदै उनले मंसिर ४ को निर्वाचनमा आफ्नो जित सुनिश्चि भएको दाबी समेत गरे ।विगतको सरकारले जनचाहना अनुसार काम गर्न नसकेको बताउदै उनले अवको निर्वाचन पछि बन्ने वाम—लोकतान्त्रिक गठबन्धनको सरकारले जन अपेक्षा अनुसार काम गर्ने उनले बताए ।