राप्ती नदीमा डुबेर शनिवार दाङको देउखुरीमा एक बालिकाको ज्यान गएको छ ।लमही नगरपालिका वडा नं.४ सेमरहवाकी अनिता चौधरीको नुहाउने क्रममा राप्ती नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।साथीहरुसंग नुहाउन गएकी चौधरी डुबेर वेपत्ता भएकी थिइन ।उनको शव बगेको स्थानबाट करिब ५ किलोमिटरको दूरीमा स्थानीय र प्रहरीले बगिरहेको अवस्थामा फेला पारेका थिए । यसै विच शनिवार नै राप्ती नदीमा डुबेर अर्का बालक वेपत्ता भएका छन् ।गढवा गाउपालिका वडा नं.१ बड्हराका १६ वर्षिय निश्चल यादव मध्यान्न बाह्र बजे नदीमा डुबेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।उनी पनि साथीहरुसंग नुहाउन भनि गएका थिए । वेपत्ता यादवको नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको सयूक्त टोलीले खोजी कार्य जारी राखेको छ ।