दाङ—२९ कात्तिक २०७९,मंलबार
राप्ती नदीमा वेपत्ता भएका गढवा गाउँपालिका वडा नं.१ का १६ वर्षिय निश्चल यादव ४ दिन पछि मृत भेटिएका छन् । यादव कात्तिक २६ गते नुहाउने क्रममा राप्ती नदीमा डुबेर वेपत्ता भएका थिए ।उनको शव वगेको स्थानबाट करिब २ सय मिटर तल फेला परेको थियो । वेपत्ता यादवको प्रहरी,नेपाली सेना र स्थानियले खोजी गर्दा नभेटिएपछि गोताखोर टोली परिचालन गरिएको थियो । समशेरगंञ्जबाट आएको गोताखोर टोलीले मंलबार विहान करिब ९ बजे यादवलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यादव बुद्धज्योति माध्यमिक विद्यालय गढवामा कक्षा १० मा अध्ययन गर्दै आएका थिए ।