दाङ,२ मंसिर २०७९,शुक्रबार
दाङमा अटोमा लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं.४ जुम्लेकुलाका २६ वर्षीय गोविन्द केसी र तुलसीपुर ५ बसपार्कका १९ वर्षीय आषिश परियार रहेका छन् ।उनिहरुले चक्कु देखाएर अटोमा लुटपाट गरेका थिए ।
गएराती करिब पौने १० बजे शान्तिनगर गाउँपालिका वडा नम्बर ४ रानीबनको जंगलमा तुलसीपुरदेखि जुम्लेकुला तर्फ जाँदै गरेको भे १ ह ५४४३ नम्बरको अटोलाई नियन्त्रणमा लिई चालकको साथबाट नगद २ हजार ९२० र मोबाईल लुटपाट गरेका थिए । उनीहरुलाई लुटपाट गरी भाग्दै प्रहरीले प्रक्राउ गरेको थियो ।
उनीहरुको साथबाट लुटिएको सबै सामान फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई अहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।