६,मंसिर,दाङ ।
दाङ क्षेत्र नं.२ मा माओवादी केन्द्रकी रेखा शर्माले आफ्नो अग्रतालाई कायमै राखेकी छिन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई १ हजार ५ सय ७४ मतले पछि पारेकी हुन् । पछिल्लो मत परिणाम अनुसार शर्माले ७ हजार ५ सय १३ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका महासचिव शंकर पोख्रेलले ५ हजार ९ सय २९ मत प्राप्त गरेका छन् । हालसम्म यस क्षेत्रको १८ हजार ३ सय ८० गणना भइसकेको छ ।