कुनै समय चिनियाँ नेता माओत्से तुङले ‘एउटा आलु पनि अन्तरिक्षमा पुग्न नसक्नेले कसरी विश्व शक्ति बन्छ’ भनेका थिए । माओको उक्त आक्रोशपूर्ण कटाक्षले चीनले मिसाइल र आणविक कार्यक्रमलाई बढुवा गरेको मानिन्छ । सन् १९९९ मा उसले पहिलो पटक अन्तरिक्षमा मानवरहित आफ्नो यान पठायो ।
चिनियाँ अन्तरिक्ष कार्यक्रममार्फत सन् २००३ मा पहिलो पटक आँफै अन्तरिक्षयात्री बनाउने तेस्रो मुलुक बन्यो । अमेरिका र रसियापछि अन्तरिक्षमा आफ्नै भू-भागबाट अन्तरिक्ष यात्री पठाउने पहिलो मुलुक बन्यो ।
सन् २०११ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बाहिरिएको चीनले यो वर्ष आफ्नो छुट्टै अन्तरिक्ष यान पृथ्वीको तल्लो कक्षमा निर्माण सम्पन्न गर्दै छ ।
चीनले बनाइरहेको ‘ट्येन्गुङ’ अन्तरिक्ष केन्द्रमा तीनजना ‘टाइकानट्स (चिनियाँ अन्तरिक्षयात्री)’ बुधबार पुगे । गत मंगलबार राति ११ बजेर ८ मिनेटमा गोबी मरुभूमिमा रहेको जीक्वान स्टेलाइट लन्च सेन्टरबाट उनीहरुलाई त्यहाँ पठाइएको थियो ।
लन्च भएको करिब ६ घन्टापछि उनीहरुको यान ट्येन्गुङ केन्द्रमा जोडिएको(डक) भएको थियो । छेन्झोए-१५ मिसन अन्तर्गत उनीहरु त्यहाँ पुगेका हुन् । छेन्झोए-१४का अन्तरिक्ष यात्रीहरुलाई पालो दिनका लागि उनीहरु त्यहाँ पुगेका हुन् । करिब ६ महिना यी टाइकनट्स अन्तरिक्ष केन्द्रमा बिताउँदैछन् ।
छेन्झोए-१४ र १५ मिसनका गरी ६ अहिले ‘ट्येुन्गुङ’ केन्द्रमा छन् । छेन्झोए-१४का अन्तरिक्षयात्रीहरु केही सातापछि फर्किने चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीहरुले बुधबार केन्द्रमा पुगेका अन्तरिक्षयात्रीहरुलाई केही काम सिकाउने छन् । यस्तै, उनीहरुको यो बसाईंले केन्द्रमा ६ जना अन्तरिक्षयात्री राख्ने क्षमता परीक्षण समेत हुनेछ ।
अन्तरिक्ष केन्द्रमा रहने टाइकानट्सहरूले हजारभन्दा बढी वैज्ञानिक परीक्षण गर्ने छन् । त्यहाँ उनीहरुले अन्तरिक्षमा वनस्पति कसरी अनुकूलन हुन सक्छन् र माइक्रो ग्राभिटीमा फ्ल्युड्सहरु कसरी काम गर्छन् भन्नेमा केन्द्रीत हुनेछ । यी अन्तरिक्षयात्रीहरु अंग्रेजी अक्षरको ‘टी’ आकारको स्पेस आउटपोस्टमा ६ महिनासम्म रहनेछन् ।
चिनियाँ अन्तरिक्ष यात्रीको यो मिसनसँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र पछि चिनियाँ स्पेस स्टेसनमा आलोपालो गरेर एकैपटक ६ जना रहेको यो पहिलो घटना हो ।
यो मिसनको नेतृत्व फेई जुनलङले नेतृत्व गरेका छन् । ५७ वर्षीय यी अन्तरिक्षयात्रीले सन् २००५ को छेन्झोउ-६ मिसनको कमान्ड सम्हालेका थिए । यो उनको पहिलो अन्तरिक्ष यात्रा हो ।
अहिले पृथ्वीको तल्लो अर्बिटमा चिनियाँ अन्तरिक्ष केन्द्र र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् । दुवैमा अन्तरिक्षयात्रीहरू विभिन्न वैज्ञानिक प्रयोग गरिरहेका छन् ।
छेन्झोए-१५ मिसन अन्तरिक्ष केन्द्र बनाउनका लागि पठाइएको अन्तिम क्रिउ मिसन हो । त्यसअघि विभिन्न ११ वटा मिसन र ३ वटा मिसनमा अन्तरिक्षयात्रीहरु थिए । केन्द्र निर्माणका लागि सन् २०२१मा पहिलो अन्तरिक्ष मिसन भएको थियो ।