मंसिर २६, २०७९
जाजरकोट — जाजरकोटको छेडागाड नगरपालिकामा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ११जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।दुर्घटनामा १ जना घाइते भएका छन । वडा नम्बर ४ जेवाबाट वडा नम्बर ५ थलह जादै गरेको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।दुर्घटनामा परी भगवती माई गाउँपालिका २ दैलेखका मानबहादुर राउत भगवती माई गाउँपालिका ३ दैलखका वीरेन्द्र केसी,अम्बरबहादुर खड्का छेडा गाउँपालिका ६ जाजरकोटका बीरबहादुर खत्री छेडागाड नगरपालिका ५, जाजरकोटका जैकुवरा बुढा, नैनसरा अधिकारी,रामबहादुर बुढा,देवीसरा बुढा,अम्बर अधिकारी,निशा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।घाइते एक जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ ।