अरुण कुमार नेपाली
२८,मंसिर २०७९
निकै कसरतका बीच लुम्बिनी प्रदेशको स्थायी राजधानीले सार्थकता पाएको छ । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयको उद्घाटन गरे पश्चयात स्थायी राजधानीले सार्थकता पाएको हो । प्रदेश प्रमुख शेरचनले झण्डोत्तोलन गरी कार्यालयको उद्घाटन गरेका थिए । प्रदेश सरकारले आजदेखि नै स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी) बाट कामकाज सुचारु गरेको छ । केही दिन अघि मात्रै मुख्यमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी कार्यान्वयनका लागी अस्थायी मुकाम बुटवलमा रहेको राजधानीलाई रातारात राप्ती उपत्यका(देखुरी)मा स्तानान्तरण गरेका थिए ।तत्कालिन नेकपाको तर्फबाट मुख्य मन्त्री बनेका शंकर पोख्रेल लगाएतका मन्त्री तथा नेताहरुले स्थायी राजधानी राप्ती उपत्यका(देखुरी)मा ल्याउन निकै कसरत गर्नु परेको थियो । वि.स.२०७७ असोज २० गते प्रदेश सभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको नामाकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यकामा तोकेको थियो ।राप्ती गाउँपालिका वडा नं.३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई नजिकैको सरस्वति माविमा सारिएपछि त्यहि भएका संरचना प्रयोग गरेर अहिले मुख्यमन्त्री कार्यालय,मुख्यमन्त्री आवासगृह र प्रदेश प्रमुखको आवास गृह निर्माण गरिएको छ ।सोही क्षेत्रमा विभिन्न प्रदेश मन्त्रालय राख्ने गरी भौतिक संरचनाहरुको मर्मत गर्ने कार्य समेत भईरहेको छ । जसअन्तर्गत आन्तरीक,मामिला कानुन तथा सञ्चार मन्त्रालय,अर्थ तथा सहकारी विकास मन्त्रालय,भौतिक पूर्वाधार विकास मन्त्रालय,महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय राख्ने गरी भौतिक संरचनाको मर्मत तथा रंगरोगनको कार्य तीब्र गतिमा अघि बढाईएको छ ।अन्य मन्त्रालयाको संरचना निर्माणका लागी उपयूक्त भवन खोजीको कार्य भइरहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए ।यस अघि ग्रामिण तथा शहरी विकास मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय भालुबाङमा ल्याइए पनि कामकाज भने अस्थायी मुकाम बुटवलबाट हुदै आएको थियो ।लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् ।
उद्घाटनमा कसले के भने ?
विकासले गति लिन्छः प्रदेश प्रमुख शेरचन
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले स्थायी राजधानी कार्यान्वयन आएसंगै अव यस क्षेत्रले विकासको गति लिने बताएका छन् । स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी) को उद्घाटन कार्यक्रममा उनले देउखुरीको विकासले फड्को मार्ने बताए ।‘स्थायी राजधानी कार्यान्वयन भएको छ,’उनले भने अब देउखुरीका जनताले चाहे अनुसारको विकासले गति लिन्छ ।”शेरचनले आधुनिक विकासको सुरुवात देउखुरीबाटै हुने दाबी गरे । ‘यहाँको जनताको जीवनस्तर माथि उठ्ने गरी शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा जनताले अनभूत गर्ने गरी विकासको गतिले नयाँ गोरेटो कोर्ने उनले भने ।’
संघियता कार्यान्वयनमा सफलता प्राप्त ः मुख्यमन्त्री केसी
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री कुलप्रसाद केसीले स्थायी संघियता कार्यान्वयनमा सफलता प्राप्त गरेको बताए । उनले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा कायम हुनु नै लुम्बिनीले संघियता कार्यान्वयनमा विजयी हाँसिल गरेको बताए । स्थायी राजधानी कार्यान्वयनमा कुनै एक दलको मात्रै भूमिका नरहेको उल्लेख गदै मुख्यमन्त्री केसीले यसमा लुम्बिनी प्रदेश जनताको पनि भूमिका रहेको बताए ।‘लुम्बिनी प्रदेशलाई स्थायी रुपमा दाङ ल्याउन कुनै एक दलको मात्रै हात छैन,’उनले भने,यो प्रदेशका ५० लाख जनाताको चाहनाले सम्भव भएको हो ।’
राजधानी सर्ने कुरा निराधार ः स्वस्थ्य मन्त्री चौधरी
सोही कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री इन्द्रजित थारुले राजधानी दाङबाट अनेत्र सर्ने कुरा हल्ला मात्रै भएको बताए ।‘राजधानी कार्यान्वयनमा आइसक्यो,सर्ने कुरा निराधार मात्र हो ,यसमा कोही पनि भ्रममा नपर्नु होला, मन्त्री चौधरीले भने ।”मन्त्री चौधरीले राजधानी कार्यान्वयन हुनु पनि ठुलो उपलब्धि भएको बताउदै समग्र प्रदेशको विकासका लागी प्रदेश सरकार अब दत्तचित्त भएर लाग्ने समेत बताए ।