साहिल अन्सारी ,बाँके मंगसिर २९
नेपालगंज उपमहानगरपालिका वडा न.५ ले आइसा मदरसा-तुल बनात बालिका बिधालय लाई स्वास्थ्य सरसफाई सामाग्री वितरण गरेको छ बिधालयमा आयोजित एक कार्यक्रमका बीच नेपालगंज उपमहानगरपालिका वडा न.५ का वडा अध्यक्ष शराफत हुसैन शेखले बिधालयको कक्षा ८,९ र १० को बालिका लगायत ११० जना लाई सरसफाई सामग्री प्रदान गर्नुभएको हो
सरसफाई सामग्रीमा दैनिक उपभोग्य ससफाई सामग्री साबुन,सेनेटरीप्याड,ब्रस,मन्जन,नेल कटर,लुगा धुने साबुन,कयौं लगायतको सामग्री रहेको अध्यक्ष शेखले बताउनु भयो
वडा अध्यक्ष शराफत हुसेन शेख भन्नु हुन्छ: यो सुरुवात हो,हामीले हाम्रो वडा लाई पूर्ण रुपमा सरसफाई तथा स्वच्छ बनाउनको लागी गम्भीर भई काम गरिरहेका छौ स्वास्थ्य सरफाई को कुरामा हामीले हाम्रो घर परिवार बाटनै सुरुवात गर्नुपर्छ यसका लागि हरेक नागरिकले पहाल गर्नु पर्छ वहाँले भन्नु भयो

अध्यक्ष शेखका अनुसार स्वास्थ्य सरसफाई मानिसको अभिन्न अंग भएको हुँदा बालिकाहरुले बिशेष गरि यसमा ध्यान दिनुपर्ने वहाँले जिकिर गर्नुभयो तसर्थ बिधालय बाट माग भई आएको हुनाले हामीले अईसा मदरसाका छात्राहरु लाई वितरण गरिएको बताउनु भएको छ

सामग्री हस्तारण कार्यक्रमा बोल्दै बिधालय का प्रधानाध्यापक कस्फु खानले वडा कार्यालय लाई धन्यवाद व्यक्त गर्दै व्यक्तिगत सरसफाईमा सबैले ध्यान दिनुपर्ने कुरामा जोड् दिनुभयो
कार्यक्रममा वडा अध्यक्ष शराफत् हुसैन शेख,वडा सदस्य जुबेदा जोलाह,शान्ति पासी,युवा समाजसेवी राजन श्रेष्ठ,बिधालयका प्रधानाध्यापक कस्फु खान तथा बिधालयका शिक्षिकाहरुको उपस्थिति रहेको थियो
