रोल्पा, १ पुष
रोल्पामा एक फरार अभियुक्त २९ वर्ष पछि पक्राउ परेका छन । पक्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका वडा नं ७ का अमरवहादुर डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।२०५० असोज ३१ गते राती अमर बहादुर डाँगीको समुहले साविक गैरी गाउँका वडा नं.९ का अमर बहादुर झाक्रीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । उनीहरु वीच आपसमा विवाद भएपछि झाक्रीको निर्ममतापूर्वक हत्या गरिएको थियो । हत्या गरे डाँगी फरार भएका थिए ।