दाङ—३ पौष २०७९,आइतबार
देउखुरी उपत्यको रिहारमा रहेको प्रसिद्ध धार्मिक स्थल बगार बाबा धार्मिक पर्यटन विकासको अध्यक्षमा रविन खत्री विजयी भएका छन् ।समिति चयनमा लागी शनिबार भएको निर्वाचमा खत्रीले निकटतम प्रतिद्वन्द्वी मेघराज पछाईलाई ९० मतको अन्तरले हराउदै विजयी भएका हुन् । निर्वाचित खत्री ३ सय ३६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धि पछाइले २ सय ६४ मत प्राप्त गरे ।सर्व सहमतिबाट समिति चयन हुन नसकेपछि अन्तत ः निर्वाचन प्रक्रियाबाट समिति चयन गरिएको हो । समितिको सचिव पदमा नन्दलाल वली विजयी भएका छन् । उनले प्रतिस्पर्धी ज्ञाराज नेपालीलाई पराजित गरि निर्वाचित भएका हुन् । वलीलले ३ सय १३ मत प्राप्त गरे भने नेपालीले २ सय ९५ मत प्राप्त गरे । त्यस्तै समितिको सदस्यहरुमा पुष्पा खत्री,खुशीराम यादव,पुष्कर गिरी र विरसिंह विक विजयी भएको निर्वाचन अधिकृत पूर्ण बहादुर बस्नेतले जानकारी दिए । समितिको उपाध्यक्षमा मानसिंह वली र सहसचिवमा सूर्यलाल यादव यसअघि नै सर्व सहमतिबाट निर्वाचित भैसकेका थिए ।