सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत गरेको जानकारी दिए ।
बैठकले अन्नमा आधारित पुरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गरेको छ भने खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गरेको छ ।
त्यस्तै, निलगिरी खोला १ र २ जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
