काठमाडौं : कोरानाको नयाँ भेरियन्टको जोखिम बढ्दै गएको भन्दै सरकारले तत्काल बुस्टर डोज खोप लगाउन आग्रह गरेको छ ।
चीन र भारतमा कोरानाको नयाँ भेरियन्ट बिएफ पोईन्ट सेभेनको संक्रमण बढेपछि नेपाल सरकारले पनि जोखिम बढेको भन्दै कोरोना खोपका अतिरिक्त बुस्टर डोज लगाउन भनेको हो।
भारतसँगका सीमानाका तथा अन्तराष्ट्रिय बिमानस्थलहरुबाट नेपाल भित्रने यात्रुहरूको ज्वरो नाप्ने तथा शंकास्पद ब्यक्तिको एन्टिजेन परीक्षण र जिन सिक्वेन्सिङ गर्ने कार्य सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाको नयाँ भेरियन्ट नेपाल भित्रन नदिन संघ, प्रदेश र स्थानीय तहका सबै संयन्त्र तयारी अवस्थामा रहन भनिएको मन्त्रालयले जनाएको छ।
अङ्ग्रजी नयाँ वर्ष र क्रिसमस मनाउन सहभागी हुँदा अनिवार्य मास्कको प्रयोग गरी, भौतिक दुरी कायम गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
