काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेसहितका शीर्षनेताहरु राष्ट्रपति निवास शितल निवास जाँदैछन्। आइतबार दिउँसो बालकोटमा भएको बैठकमा एमाले र माओवादी केन्द्रलगायतका दलहरुबीच सहमति भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेश गर्न शीर्ष नेताहरु जान लागेका हुन्।
बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डको नेतृत्वमा एमाले , माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सरकार बन्नेमा सहमति जुटेको बताए।
राष्ट्रपतिले तोकेको समयसीमा भित्र पहिलो दल बनेको कांग्रेसले सरकार गठन गर्न नसकेपछि एमालेले अग्रसरता लिएको उनको भनाइ छ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। अन्तिम समयमा आएर दलहरुले बहुमत पुर्याएका हुन्।