अरुण कुमार नेपाली
११ पौष २०७९ सोमबार
दाङ— राप्ती राजमार्गको भित्री सडकमा पर्ने तुहीसोतामा पक्की कजवे निर्माणको काम थालिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा रहेको तुहीसोतामा उक्त कजवे निर्माण गर्न थालिएको हो ।दैनिक आवागमनलाई नियमित गर्न कजवे निर्माणको काम अघि बढाईएको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ को ८ लाख लागतमा उक्त कजवे निर्माणको काम अघि बढाईएको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए ।अहिले कजवे निर्माणको काम धमाधम भैरहेको छ ।
८२ मिटर लामो लम्बाई रहेको उक्त कजवे निर्माण भए पश्चात दैनिक आवागमनमा सहज हुने अध्यक्ष पौडेलले बताए । खोलामा तत्काल पक्की पुल निर्माण गर्न सम्भव छै, दैनिक आवागमनमा जनताले भोग्नु परेको समस्यालाई ध्यानमा राखी कजवे निर्माणको गर्न लागेका हौ,अध्यक्ष पौडेलले भने,यसले केहीहदसम्म समस्या हल गर्नेछ ।’
खोलामा पक्की पुल र अन्य वैकल्पिक व्यवस्था नहुँदा यस भेगका नागरीकले समस्या भोग्दै आईरहेका छन् ।
विशेष गरी वर्षायाममा नागरीकले बढी सास्ती व्यहोर्नु पर्ने वाध्यता छ । वर्षायाम खोलामा आउने बाढीले आवागमन नै ठप्प हुने गर्छ ।जसका कारण यहाँका नागरीकले ज्यानै जोखिममा राखेर खोला वारपार गर्नु पर्ने वाध्यता रहेको छ । खोलामा पक्की पुल निर्माण गर्न वडाको बजेटले नपुग्ने अध्यक्ष पौडेलले वताए ।उनले सोतामा पक्की पुल निर्माण लागी आफूले संघ र प्रदेश सरकारसंग आवश्यक पहल गर्ने समेत बताए ।सोतामा कजवे निर्माण भएपछि तुलसीपुर १३ अन्तर्गतका मजघटुवा,रनियापुर,रामपुर,गाईखुटी, बराहखुटी लगायत गाउँका नागरीक लाभान्वित हुनेछन् ।