अरुण कुमार नेपाली
तुलसीपुर पुस ११
शिक्षण सिकाईका लागी तलसीपुरमा सुनाखरी सिकाइ मेला हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका आठ वटा माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सिकाई मेला हुन लागेको हो । पुस १४ गते माध्यमिक विद्यालय कालाखोलामा मेला सञ्चालन हुने छ।मेलामा विद्यार्थीहरुको शिक्षण सिकाईमा टेवा पुग्ने स्वच्छ खाना,चित्रकला र खेलकुदसंग सम्बन्धित स्टलहरु राखिने छन् ।त्यसका साथै नृत्य,गीत,कवता पनि प्रस्तुत गरिने आयोजक विद्यालहरुले जनाएका छन् । यसैबीच सोमबार तुलसीपुर उपमहानगरपालिकामा पत्रकार सम्मेलन गरी मेलाको जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले सिकाई मेला शिक्षण सिकाईकामा प्रभावकारी हुने बताउनु भयो । विद्यार्थीहरुको ज्ञान अभिवृद्धि कलामा मेलाले थप टेवा पुग्ने बताउदै नगरप्रमुख खड्काले अब प्रत्येक वर्ष तुलसीपुरमा सुनाखरी मेला सञ्चालन गरिने बताउनु भयो । यस अघि २०७५सालमा मा.वि.बालापुरमा मेलाको आयोजना गरिएको थियो । त्यसयता कोरोना महामारीका कारण मेला सञ्चालन गर्न सकिएको थिएन ।
मेलामा विद्यार्थीहरुले आफै तयार पारेका सामग्रीहरु सहितका २० वटा स्टल रहने छन् भने अन्य २० वटा स्टलमा पेशागत सहायक सामग्रीहरु प्रर्दशनीमा राखिने छ । उक्त मेलामा तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक,विद्यार्थी र अभिभावक सहित छिमेकी पालीकाका विद्यालयहरुको समेत सहभागीता हुने छ ।
करिब पाँच हजार बढी विद्यार्थीले सिकाइ मेलाको अवलोकन गर्ने आयोजक विद्यालयहरुले बताएका छन् । कार्यक्रममा शिक्षाविद् एवम सांसद शिशिर खनाल, शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षण सिकाइका उत्प्रेरणाका विषयमा प्रशिक्षण दिने कार्यक्रम समेत तय गरिएको छ । पत्रकार सम्मेलनमा शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले कार्यक्रमका विषयमा जानकारी गराउदै मेला सफल पार्न सरोकारवाला सबैलाई आग्रह गर्नु भयो ।