नेपालगंज/ प्रदिप गुप्ता
उपभोक्ताहरुको हित र अधिकार प्रति गम्भीर बन्न नेपाली उपभोक्ता संरक्षण महासंघ बाँके शाखाले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ

संघिय स्तरमा गृह मन्त्रालय मार्फत उद्धोग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहितको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघ बाँके जिल्लामा समेत गठन भई जिल्ला स्तरमा बिभिन्न सरोकारवाला निकायमा आफु लाई सुचिकृत गर्दै आएको छ

सुचिकृत गर्ने क्रममा आज जिल्ला प्रशासन कार्यालयमा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री,बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौर,नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट र उपप्रमुख कमरुद्दीन राई भेटि सुचिकृत गर्ने प्रक्रिया अगाडी बढाएर उपभोक्ताहरुको अधिकार प्रति गम्भीर भई अनुगमन र मुल्यांकन गर्न समेत आग्रह गरिएको महासंघ बाँकेका अध्यक्ष डा. बिनोद कर्णले बताउनु भयो

सो कार्यक्रममा संघको वरिष्ठ उपाध्यक्ष बिन्दु चर्ती मगर,उपाध्यक्ष सानु ओझा,सचिव शेखर थापा,सदस्य जीवन परियार,मन्दिरा पाण्डे लगायतको पदाधिकारीहरुको उपस्थिति रहेको थियो