१८पौष २०७९ सोमबार
बाँके—नेपालगंजमा तीन युवा माथि खुकुरी प्रहार गरी फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले बाँके नेपालगंज उपमहानगरमालिका वडा नं.१८ बस्ने वर्ष २९ का विनय भण्डारी, वडा नं.६ वस्ने वर्ष ३१ का तासे भन्ने प्रकाश थापा, राप्ती सोनारी गाउँपालिका वडा नं.२ वस्ने वर्ष ३१ को नारायण डाँगी र वैजानाथ गाउँपालिका वडा नं. ५ वस्ने वर्ष २९ का प्रकाश रसाईली भन्ने तुलसीराम सुनारलाई पक्राउ गरेको हो । उनीहरुलाई डुडुवा गाउँपालिका वडा नंं २ दासपुरुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएका छ ।उक्त समुहले आईतबार दिउँसो २ बजेको समयमा नेपालगंज उपमहानगरपालिका वडा नं.१२ वस्ने अनुराग शाह,जानकी गा.पा.वडा नं. ३ बस्ने उज्वल शाह र नेपालगंज उपमहानगरपालिका वडा नं. ४ बस्ने सुभम जंग शाह माथि धारिलो खुकुरी प्रहारी घाईते बनाएका थिए । ग्ए घद्द भ्ग् डटज्ञट नम्बर प्लेटको कारमा आएका उनीहरुले नेपालगंज उपमहानगरपालिका वडा नं. ४ गणेशपुरमा ती युवाहरुलाई खुकुरी प्रहार गरी आक्रमण गरका थिए । आक्रमण गरे लगत्तै उक्त समुह आफुहरुले प्रयोग गरेको गाडी डुडुवा गा.पा. वडा नंं ३ को रामपुरुवा जाने बाटोमा पर्ने गहँु लगाएको खेतमा छोडी फरार भएको थियो । घटना भए लगत्तै प्रहरीले उनीहरुको खोजी कार्य तीब्र बनाएको थियो ।प्रहरीले उक्त घटनामा प्रयोग भएका २ धान खुकुरी समेत बरामद गरेको जनाएको छ । नेपालगंज उ.म.न.पा. वडा नं ५ फुल्टेक्रा स्थित सडक बाटो नजिक बुट्यान झाँडीमा लुकाई राखेको अवस्थामा प्रहरीले खुकुरी फेला पारेको थियो ।