अरुण कुमार नेपाली
२०पौष २०७९
दाङ—तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ की मुना बि.क.विगत केही समयदेखि सामाजिक समस्याका विरुद्धमा लड्दै आईरहेकी छन् । तै पनि सामाजिक समस्यामा कुनै कमि आएको छैन् ।बाल विवाह,महिला हिंसा,लागुऔषध लागूऔषध दुर्व्यसन, जातिय विभेद जस्ता समस्या अझै पनि कायमै रहेकोमा उनी चिन्तित छिन् ।सामाजिक समस्याकै विरुद्धमा लड्न भनेर उनी अहिले विभिन्न युवा क्लबमा समेत आवद्ध छिन् । धेरै ठाउँमा क्लब मार्फत जनचेतनाका कार्यक्रम गरिसकेकी मुनाले समस्याको न्युनिकरण नभएको देख्दा दुःख व्यक्त गरिन् ।उनी भन्छिन्,ग्रामीण भेगमा अझै पनि थुप्रै सामाजिक समस्याहरु जरो गाँडेर नै बसेका छन्,तिनीहरुलाई फ्याक्नुको विकल्प छैन् जुन कुरा सामाजिक विकासको लागी बाधक छन्।’
सामाजिक समस्या विरुद्धको अभियानलाई झनै सशक्त बनाउन मुना आजदेखि फुलबारी वडा स्तरीय युवा संजालमा आवद्ध भएकी छिन् ।वडामा हुने सबै खाले विभेदको अन्त्य गर्नको आफू यस सञ्चालमा आवद्ध भएको मुना बताउछिन् । स्थानीय सरकार(वडा कार्यालय)को सहकार्य र सहयोगमा युवा सञ्जालले काम गर्ने भएकोले अभियान सहज हुने उनको बुझाई छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ को मातहतमा रहने गरी फुलबारी युवा मञ्च र सिड संस्थाको समन्वयमा बुधबार एक कार्यक्रमका बीच १५ सदस्य रहेको फुलबारी वडा स्तरीय युवा सञ्जाल गठन गरिएको छ । वडाध्यक्ष मोहन पौडेल संरक्षक रहेको युवा सञ्जालको अध्यक्षमा माधब कुमार बस्नेत,उपाध्यक्षमा भावना वि.क,सचिवमा मुना बि.क,सहचिवमा विशाल खड्का र कोषाध्यक्षमा मधु नेपाली चुनिएका छन् भने अन्य १० जना सदस्यमा छन् । सामाजिक हितमा काम गर्नका लागी आफूहरु युवा सञ्जालमा आवद्ध भएको कोषाध्यक्ष मधु नेपालीले वताए । प्रविधिको विकाससंगै समाज हुने विकृतिले पनि नयाँ रुप लिएको बताउदै उनले त्यसको निराकरणका लागी युवा सञ्जालले काम गर्ने वताए । ग्रामीण भेगमा अझै पनि विभिन्न विभेद र समस्याहरु छन् उनले भने त्यसैका विरुद्धमा लड्नको लागी युवा संञ्जालमा आवद्ध भएका हौ,त्यही अरुप हामीले काम गर्ने छौ ।’तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ का समस्याहरुको पहिचान गरी सम्बन्धित निकायसम्म पु-याउनका लागी फुलबारी युवा सञ्जालको गठन गरिएको वडाध्यक्ष मोहन पौडेलले बताए । ‘चाहे विकास निर्माणको समस्या होस, चाहे सामाजिक समस्या होस्,यी सबै खाले समस्याको पहिचान गर्नको लागी युवा संजालको गठन गरेका हौ,वडाध्यक्ष पौडेलले भने,यसले सामाजिक रुपान्तरण र वडाको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’
फुलबारी युवासंजाल पनि सामाजिक विकासको एउटा अंग जस्तै भएको वताउदै वडाध्यक्ष पौडेलले यसमा सबैले हातेमालो गरे अघि बढ्नु पर्ने वताए । युवा संजालले समग्र वडाको हित हुने गरी युवा काम गर्नु पर्ने वताउदै वडाध्यक्ष पौडेलले जस्तो सुकै परिस्थतिमा पनि वडाले युवा सञ्जाललाई सहयोग गर्ने वताए । वडाध्यक्ष पौडेलकै अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्यहरु बिमला कुमारी सुवेदी,बेलमति परियार लगातले बोल्नु भएको थियो । कार्यक्रमको बारेमा सिड संस्थाका परिचालक बिनोद चौधरीले प्रकाश पार्नु भएको थियो ।