२२पौष २०७९ शुक्रबार
दाङ तुलसीपुर– जिल्लाको तुही उपत्यका रनियापुरमा रहेको जनज्योति माध्यमिक विद्यालयको नवनिर्मित २ कोठे पक्की भवनको शुक्रबार उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका वडाध्यक्ष मोहनलाल पौडेलले भवनको उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष पौडेलले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी वडा सरकारले सधै सहयोग गर्ने वताए । उनले वडाको पहलले मात्रै सामुदायिक विद्यालय सुधार नहुने भन्दै उनले यसमा शिक्षक,अभिभावक र विद्यालय व्यवस्थापन समितिको त्रिकोणत्मक सहकार्य हुनु पर्ने वताए । आ.व.२०७८/०७९ को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत संघिय सरकारबाट प्राप्त करिब १८लाखको लागतमा उक्त २ कोठे पक्की भवनको निर्माण भएको विद्यालयका प्रधानाधयापक हेमन्त बहादुर बुढाथोकीले जानकारी गराए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराम वलीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यपक गणेश कुमार बस्नेतले स्वागत मन्तव्य राखेका थिए भने सहजिकरण विद्यालयका शिक्षक मधु नेपालीले गरेका थिए ।