पुस २२ गते शुक्रबार
घोराही ।दाङको घोराहीमा शुक्रबारदेखि माघ महोत्सव सुरु भएको छ ।थारु कल्याणकारिणी सभा दाङको आयोजनामा घोराहीको सहिद मञ्चमा महोत्सव सुरु भएको हो । थारु समुदायका परम्परागत, भेषभुषा तथा परिकारको संरक्षणमा सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले बतायो। ।
महोत्सवको उदघाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री चौधरीले थारु जातिको कला संस्कृतिलाई जोगाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने वताए ।थारु जातिको पहिचानसंग जोडिएका थुप्रै कला संस्कृतिहरु लोप हुने अवस्थामा पुगेको भन्दै मन्त्री चौधरीले चिन्ता व्यक्त गरे । उनी भन्छन्,कला र संस्कृतिमा थारु जाति निकै धनी भए पनि पछिल्लो पुस्ताले आत्मसाथ नगर्दा ती सबै अहिले लोप हुने अवस्थामा छन् । यिनीहरुको संरक्षण गर्न जरुरी छ।
महोत्सवमा थारु जातिको परिकारहरुको स्टलहरु राखिएको छ ।थारु परिकार अतर्गतका ढिक्री, घोङघी, माछा, गंगटा लगायतका परिकारहरु विक्रि वितरणको लागि स्टलमा राखिएको छ ।