प्रिया स्मृती गजमेर
२५ पौष २०७९ सोमबार
दाङ–नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले राजधानी क्षेत्रको रोक्का जग्गा फुकुवा गर्न माग गरेको छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी )को क्षेत्रमा लुम्बिनी प्रदेशको राजधानी तोकिएसंगै रोक्का रहेको जग्गा अहिले सम्म पनि फुकुवा हुन सकेको छैन ।
राजधानी क्षेत्र अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं ७,८ गढवा गाउँपालिकाको वडा न १,२ र ३ राप्ती गाउँपालिकाको क्षेत्रमा लामो समय देखि जग्गा किनवेचको काम रोकिदै जनताले प्रत्यक्ष असर गरेकाले अविलम्व फुकुवा गर्न माग गरिएको हो ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का सभापती भेषराज पाण्डेले जारी गर्नु भएको विज्ञप्तिमा एक महिना भित्र जग्गा फुकुवा गर्न माग गरिएको छ । सो अवधी भित्र जग्गा रोक्का फुकुवा नभए चरणवद्ध आन्दोन गर्ने र त्यसको ज्म्मिेवार लुम्बिनी प्रदेश सरकार हुनुपर्ने समेत उल्लेख गरिएको छ । लामो समय जग्गा रोक्का राखिएको विषयम निकास दिन नसक्नु प्रदेश सरकारको अव्यवहारिक, अकर्मण्य, कार्यशैली रहेको ठहर गर्दछौ विज्ञप्तिमा भनिएको छ ।

वस्तुगत अवस्थाको गम्भीरतालाई बुझ्नु र निकास दिनुको साटो पदिय जिम्मेवारीमा रहेकाहरुबाट सस्तो लोकप्रियताका लागि भ्रमपूर्ण र भ्रामक तरिकाले दोषारोपण गर्न खोज्ने अराजनैतिक क्रियाकलाप प्रस्तुति दुर्भाग्यपूर्ण र खेदजन रहेको ठहर गर्दै यथाशिघ्र जग्गा फुकुवाको प्रक्रियालाई अगाडी बढाउन समेत कांग्रेसले आग्रह गरेको छ ।