२६पौष २०७९ मंलबार
दाङ—तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ का वडाध्यक्ष मोहनलाल पौडेलले एक छात्रालाई ड्रेस सहयोग गरेका छन ।सोही वडामा पर्ने जनज्योति माध्यमिक विद्यालय तुही रनियापुर कक्षा २ मा अध्ययनरत छात्रा रोषणा अधिकारीलाई एक सेट नृत्य ड्रेस,स्विटर,झोला र विद्यालयको पोसाक सहयोग गरेका हुन् ।
उनले करिब ७ हजारको बराबरको ड्रेस र झोला व्यक्ति रुपमा गरेका हुन् । पुस २२ गते विद्यालयको २ कोठे पक्की भवन उद्घाटन कार्यक्रममा रोषणाको नृत्यबाट प्रभावित भएर आफूले उक्त सहयोग गरेको उनले वताए । रोषणाको घरायसी आर्थिक अवस्था भने निकै कमजोर छ ।
आर्थिक अवस्था कमजोर भएकै कारण उनको प्रतिभामा कुनै ह्रास नआओस् भन्ने हेतुले प्रोत्साहन स्वरुप आफूले सहयोग गरेको वडाध्यक्ष पौडेलले वताए । उनको प्रतिभालाई मर्न नदिन आगामी दिनमा पनि सहयोगलाई निरन्तर जारी राख्ने वडाध्यक्ष पौडेलले प्रतिबद्धता जनाए ।रोषणा नृत्यमा विद्यालयमै अब्बल मानिन्छन् ।उनको नृत्य प्रतिभा आफै प्रस्फूटित प्रतिभा हो ।