अरुण कुमार नेपाली
२६ पौष २०७९ मंगलबार
दाङ— फुलबारी युवामञ्चले मुकेश वि.क.का परिवारलाई खाद्यन सहयोग गरेको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ रिहारे चौर निवासी २० वर्षिय मुकेशको पौष २० गते एपेन्डिसाएटिसका कारण कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मञ्चले उनको परिवारलाई एकसय किलो चामल,५ किलो दाल र ५ लिटर खाने तेल सहयोग गरेको हो । वि.क.को पारिवारीक अवस्था निकै नाजुक भएकाले राहत स्वरुप खाद्यान्न सहयोग गरिएको मञ्चका अध्यक्ष मोहनलाल पौडेलले जानकारी दिए ।
मञ्चका सदस्य मधु नेपाली,वडा सदस्य बेलमति परियार र समाजसेवी हुम बहादुर नेपालीको उपस्थितिमा मुकेशका परिवालाई खाद्यान्न सहयोग गरिएको हो ।मजदुरीका लागी वुटवल गएका वि.क.लाई काम गर्ने ठाँउमै एपेन्डिसाएटिस भएको मुकेशका हजुर बुवा नरबहादुर बि.क.ले जानकारी दिए ।
वुटवलमा उनको उपचार सम्भव नभएपछि कोहलपुर लगिएकोमा उनको मृत्यु भएको थियो । फुलवारी युवा मञ्च वैदेशिक रोजगारीको शिलशिलामा खाडी मुलुक गएका युवाहरुको सहयोगमा स्थापना भएको संस्था हो । उनीहरुले विदेशबाट पठाएको रकमबाट नै युवा मञ्चले विभिन्न विपदमा परेका र आर्थिक अवस्था कमजोर भएका नागरीकलाई सहयोग गर्दै आईरहेको छ ।