नेपालगंज उपमहानगरपालिका वडा न.५ द्वारा आज गरिब बिपन्न वर्गका समुदायलाई ब्ल्याङ्केट वितरण गरिएको छ ।
बढ्दो चिसोका कारण जनजीवन कष्टकर बनेको भन्दै आर्थिक रुपमा विपन्न भएका परिवारलाई ब्ल्याङकेट वितरण गरिएको हो । उक्त वडाका ५० घर परिवारलाई एक कार्यक्रमको आयोजना गरी राहत स्वरुप ब्ल्याङ्केट वितरण गरिएको हो ।

बितरण कार्यक्रममा नेपालगंज उपमहानगरपालिका वडा न.५ का अध्यक्ष शराफत हुसैन शेषले बढ्दो जाडोका कारण फैलन सक्ने संक्रमणबाट आम वडावासीहरुलाई बच्न समेत आग्रह गर्नु भयो । साथै वडाका अत्ति नै बिपन्न परिवार लाई लक्षित गर्दै ब्ल्याङ्केट वितरण गरिएको वहाँले प्रष्ट पार्नुभएको छ ।

अध्यक्ष शेषका अनुसार जाडो महिनामा दाउरा बितरण संगै यस्ता कार्यक्रमहरु लाई आगामी दिनमा समेत निरन्तरता दिईने बताउदै समेटन नसकिएको परिवारलाई आगामी कार्यक्रम मार्फत लाभान्वित गर्ने जनाउनु भयो।

कार्यक्रममा वडा सदस्य जुबेदा जोलाह,तरन्नुम बानो शेष,शान्ति पासी,वडा सचिव दिपेन्द्र श्रेष्ठ लगायत वडाका समाजसेवी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
