२६पौष २०७९ मंगलबार
काठमाण्डौ – वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका -२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् ।
वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले आफूमाथि पटक–पटक अमर्यादित व्यवहार गरेकाे भन्दै गएकाे आइतवार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनुभएकाे थियाे । उजुरीपछि आज मङ्गलवार जिल्ला प्रहरी कार्यालयले अधिकारीलाई पक्राउ गरेकाे हाे ।
गएकाे पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाको भेलामा अध्यक्ष र अन्य सदस्यबीच छलफलका क्रममा अधिकारीले अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ ।