जनवरी १०,२०२३
रुसले युक्रेनको पूर्वमा पर्ने नुन खानीको नगर सोलेदारमा युक्रेनी फौजसँग भएको महिनौँको भिडन्तपछि नियन्त्रण कायम गर्ने देखिएको यूकेको रक्षा मन्त्रालयले जनाएको छ।
सोलेदार, युक्रेनमा रक्तपातपूर्ण लडाइँ भएको सहर बक्मुद नजिकै पर्छ।रुसी फौज र भाडाका सैनिक उपलब्ध गराउने वागनर समूहले पछिल्ला चार दिनमा अग्रता लिइरहेको यूकेले जनाएको हो।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोलेदारमा ”लगभग जीवन नरहेको” र ”कतै सिङ्गो भित्ता नबचेको” बताएका छन्।
जेलेन्स्कीले त्यहाँ ”विक्षिप्तताको अवस्था” देखा परेको बताए।युद्धअघिको अवस्थामा झण्डै १० हजार जनसङ्ख्या रहेको सोलेदारलाई बक्मुद कब्जा गर्नका लागि आधारका रूपमा हेरिएको छ।सोलेदार आफ्नैको रणनीतिक महत्त्वबारे प्रश्नहरू पाइन्छन्।तर गत साता एकजना अमेरिकी अधिकारीले वाग्नर समूहका संस्थापक येभ्गेनी प्रिगोजिनले सोलेदार क्षेत्रको विशाल नुन र जिप्सममा नियन्त्रण राख्न खोजेको जनाएका थिए।