२७ पुष २०७९, बुधबार
काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार लुम्बिनी अल स्टार र विराटनगर सुपर किङ्स भिड्नेछन् ।
फाइनल खेल किर्तिपुरस्थित टियु मैदानमा मध्यान्ह मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।
समूह चरण विजेता लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो । विराटनगरले भने समूह चरणमा तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा काठमाडौं नाईट्स तथा दोस्रो क्वालिफायरमा जनकपुरलाई पराजित गरि फाइनलमा स्थान बनाएको हो ।
यस लिगको समूह चरणमा विराटनगर र लुम्बिनीले एक आपसकाविरुद्ध दुई खेल खेलेकामा दुवै खेल लुम्बिनीले जितेको थिए ।पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।