जनवरी ११,२०२३
संयुक्त राज्य अमेरिकामा सरकारले मौरीमा फैलिने रोग नियन्त्रण गर्न एउटा खोप प्रयोग गर्नका लागि स्वीकृति दिएको छ। यो खोप मौरीका लागि विश्वकै पहिलो खोप हो।
मौरीका बच्चा (लार्भा) लाई आक्रमण गरी गोलोलाई कमजोर बनाउने ‘अमेरिकन फाउलब्रूड’ भनिने ब्याक्टेरियाबाट लाग्ने रोगबाट हुने क्षति रोक्न यो खोप निर्माण गरिएको हो।
अमेरिकाको कृषि मन्त्रालय, यूएस डिपार्टमन्ट अफ एग्रिकल्चर, ले उक्त खोपलाई प्रयोगका निम्ति ससर्त अनुमति दिएको खोप निर्माता कम्पनीले बताएको छ।
वनस्पतिहरूमा परागसेचन गराउने हुनाले मौरीको पारिस्थितिक पर्यावरण प्रणालीका विभिन्न पक्षमा विशेष भूमिका छ।
ड्यालन एनिमल हेल्थकी प्रमुख एनेट क्लाइजरले एउटा विज्ञप्ति प्रकाशित गर्दै “मौरी संरक्षणमा यो खोप ठूलो उपलब्धि” भएको बताएकी छन्।